अमेरिकामा आज राष्ट्रपति निर्वाचन

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते ९:३९ मा प्रकाशित

एजेन्सी– अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा छन् । रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेटिक उम्मेदवार ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने मतसर्वेक्षणहरुले देखाएका छन् ।

अधिकांश मतदान केन्द्रहरुमा नेपाली समयअनुसार अपराह्न ४ः१५ बजेबाट मतदान सुरु हुनेछ । कुल २३ करोड १० लाख मानिस मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानमा भाग लिन नाम दर्ता गराएका छन् ।

यसपटकको निर्वाचनको मतपरिणाम आउन भने केही समय लाग्ने भएको छ । दुवै उम्मेदवारले करिब बराबरी मत ल्याउने आंकलनका बीच त्यस्तो अनुमान गरिएको हो ।

यसअघि मतदानकै दिन वा त्यसको एक दिनपछि मतपरिणाम सार्वजनिक गरिन्थ्यो । आप्रवासन नीति, नागरिकलाई हतियार राख्न दिने अधिकार, महिला अधिकार तथा विश्व राजनीतिबारे अमेरिकी नीति लगायत विषय निर्वाचनका एजेण्डा छन् ।

कूल ५० राज्यमध्ये एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिन राज्यको मतलाई जितहारका लागि निर्णायक मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us