
एजेन्सी- भारतीय वरिष्ठ अर्थशास्त्री एवं लेखक डा. विवेक देवरोयको निधन भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद् अध्यक्षसमेत रहेका उनको ६९ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।
बेलायतको ट्रिनिटी कलेज र दिल्ली स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेका देवरोयले भारतको आर्थिक सुधार तथा विकास रणनीति तय गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए ।
भारतको रेल्वे सेवा आधुनिकीकरणमा उनको उल्लेख्य भूमिका छ । देवोरोयले संस्कृत भाषामा लिखित महाभारत, रामायण र चारवटै वेदलाई अंग्रेजीमा अनुवाद गरेका थिए ।
प्रधानमन्त्री मोदीले उनलाई ‘टावरिङ स्कलर’ को संज्ञा दिएका थिए ।