उत्तर कोरियाद्धारा ब्यालेस्टिक मिसाइल प्रहार

काठमाण्डु टुडे २०८१ कार्तिक १५ गते १२:२४ मा प्रकाशित

एजेन्सी– दक्षिण कोरियासहित छिमेकी देशसँग रुष्ट रहेको उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी तटबाट समुद्रतर्फ एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आई.सी.बी.एम ) प्रहार गरेको दक्षिण कोरियाको सेनाले जानकारी दिएको छ ।

उत्तर कोरियाले स्थानीइ समय अनुसार विहीबार बिहान ७ बजेर १० मिनेटमा मिसाइल प्रहार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । यसअघि दक्षिण कोरियाले बुधबार मात्रै आगामी पाँच नोभेम्बरमा अमेरिकी चुनाव हुनुभन्दा अगाडि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गर्ने जनाएको थियो ।

नभन्दै उत्तर कोरियाले आज बिहान ब्यालेस्टिक मिसाइल नै प्रहार गरेको हो । पछिल्लो समय उत्तर कोरिया छिमेकी देशहरुप्रति आक्रामक देखिएको छ ।

यसअघि दक्षिण कोरियालाई जोड्ने एक सडक उत्तर कोरियाले बम विष्फोट गराएर भत्काएको थियो । उत्तर कोरियाको गतिविधिलाई छिमेकी देश जापान, दक्षिण कोरिया र अमेरिका समेतले चासोपूर्वक हेरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us