पाचनमा समस्या भएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १३:५७ मा प्रकाशित

एजेन्सी– छिमेकी देश भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा पेट दुख्ने र पाचन समस्या लिएर पुगेका एक बिरामीको सानो आन्द्रामा ३ सेन्टिमिटर लामो साङ्लो भेटिएपछि डाक्टरहरु नै अच्मम्मा परेका छन ।

भारतका एक २३ वर्षीय पुरुष भर्खरै फोर्टिस अस्पताल वासल कुञ्जमा आएका थिए, उनी करिब तीन दिनदेखि पेटको समस्याको गुनासो गर्न आएका थिए। उनले पेटमा कडा दुखाइ र खाना पचाउन समस्या भएको डाक्टरहरुसँग बताएका थिए ।

जसका कारण उनको पेट बारम्बार फुल्ने समस्या थियो। ती व्यक्तिले केही दिन अघि राति बजारमा स्ट्रिट फुड खाएका थिए । त्यसैले उनको स्वास्थ्यमा समस्या भएको आशङ्का गरिएको थियो। डाक्टरहरूले उनको समस्या पत्ता लगाउन माथिल्लो ग्यास्ट्रोइन्टेस्टाइनल (जीआई) इन्डोस्कोपी गर्ने निर्णय गरे ।

यो प्रक्रिया जसले ग्यास्ट्रोइंटेस्टाइनल ट्र्याक्टको माथिल्लो भागको जाँच गर्दछ । तर डाक्टरहरूले सोचेका पनि थिएनन्, उनीहरूले ती युवकको सानो आन्द्रामा जीवित साङ्लो फेला पार्छन् भनेर । बिरामीको शरीरमा साङ्लो पत्ता लगाएपछि, डाक्टरहरूको टोलीले दुई वटा च्यानलहरू सहितको एन्डोस्कोप प्रयोग गरेर यसलाई हटाउने निर्णय गरे ।

एउटा हावा र पानी इन्फ्युजनको लागि र अर्को हावा सक्शनको लागि हामीले स्कोपमा सक्शन बटन सक्रिय गर्‍यौँ, प्रभावकारी रूपमा साङ्लोलाई सक्शन च्यानलमा तान्यौँ ।

यसरी हामीले युवककोको ज्यान बचाउन सफल भयौँ, ‘डा वात्स्याले भने, ‘यसलाई सकेसम्म चाँडो हटाउन असफल भएको भए सङ्क्रामक रोगहरूसहित गम्भीर जटिलताहरू निम्त्याउन सक्थ्यो ।’ ती युवकको आन्द्रामा ३ सेन्टिमिटरको साङ्लो कसरी पस्यो भन्ने बारे चाहिँ यकिन हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us