चलचित्र ‘बेहुली फ्रम मेघौली’ बिहीबारदेखि हलबाट उतार्ने निश्चल बस्नेतको घोषणा

काठमाण्डु टुडे २०८१ असोज ३० गते १४:१४ मा प्रकाशित

काठमाण्डू, ३० असोज- निर्माता एवं अभिनेता निश्चल बस्नेतले चलचित्र ‘बेहुली फ्रम मेघौली’ बिहीबारदेखि हलबाट उतार्ने घोषणा गरेका छन्। 

बिहीबारदेखि आफ्नो चलचित्र कुनै पनि हलमा नरहने जानकारी उनले दिए । निश्चलले फेसबुकमा लेखेका छन्-

‘भोलिदेखि हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं,’  

बस्नेतले चाँडै एमएसएम भिडिओ ओटिटी प्लेटफर्ममा चलचित्र रिलिज गरिने पनि उनले जानकारी दिए ।

निश्चलले नेपाली फिल्मले राम्रो प्रतिक्रिया पाइरहेका हलले शो घटाएर विदेशी फिल्म चलाएको भन्दै आपत्ति जनाउँदै आएका थिए ।

‘राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईंहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शो दिइराख्नु है। म चाहिँ हलको विकल्पतिर लागें,’ बस्नेतले सोमबारै सामाजिक सञ्जालमा लेखेका थिए ।

‘बेहुली फ्रम मेघौली’ घटस्थापनाको अवसर परेर असोज १७ गतेदखि प्रदर्शनमा आएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us