तनहुँ बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाण्डु टुडे २०८१ भदौ ७ गते १७:३४ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन ।

आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले दुःख व्यक्त गर्दै भनेका छन्, ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठुलो मानवीय क्षतिले स्तब्ध बनाएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै थप मानवीय क्षति हुन नदिन घाइतेहरूको शीघ्र उद्वार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि लाग्न सबै पक्षलाई आग्रह समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us