काठमाण्डु, ७ भदौ– भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ धुन्चेपाखामा रहेको डेरी पसलमा आगलागी भएको छ । आज शुक्रबार बिहान शिवदूती डेरीमा आगलागी हुँदा ३ लाख ५४ हजार रुपैयाँ बराबरको सामान जलेर क्षति पुगेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
८ बजेर १९ मिनेटमा आगलागी भएको र ८ बजेर ३१ मिनेटमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीलेले जानकारी दिएका छन । आगो निभाउन प्रहरी वृत्त ठिमीबाट २० जनाको टोली खटिएको थियो ।