
एजेन्सी– विश्वकै सबैभन्दा ठूलो हिरा फेला परेको छ ।
बोत्स्वानामा विश्वकै दोस्रो ठूलो हिरा फेला परेको बिबिसीले जनाएको छ । क्यानेडियन फर्म लुकारा डायमन्ड कर्पोरेसनको स्वामित्वमा रहेको बोत्स्वानास्थित खानीमा २ हजार ४ सय ९२ क्यारेट हिरा फेला परेको समाचारमा उल्लेख छ ।
यसअघि सन् १९०५ मा दक्षिण अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो ३ हजार १ सय ६ क्यारेटको कुलिनन हिरा भेटिएको थियो ।
उक्त हिरालाई काटेर ९ टुक्रा पारिएको थियो । लुकाराका अध्यक्ष विलियम ल्याम्बले विज्ञप्ति जारी गर्दै हिरा भेटिएको जानकारी दिएका छन् । उक्त असाधारण हिरा भेटिएकामा उनले खुसी व्यक्त गरे । हिराको मूल्यबारे भने केही बताइएको छैन ।
बोत्स्वाना सरकारले दक्षिणी अफ्रिकी राज्यमा हालसम्म फेला परेको सबैभनदा ठूलो हिरा भएको जनाएको छ ।