पाकिस्तानी संसद्‍मा मुसा ‘आतंक’ , कर्मचारी भन्छन्: यति ठूला छन् कि बिरालै डराउँछन्

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १२:४७ मा प्रकाशित

एजेन्सी– अहिले पाकिस्तानी संसद्‍मा पनि मुसाले आतंकु मच्चाइरहेको समाचार बाहिरीएको छ । पाकिस्तानी संसद्‍ भवनमा जता हेर्‍यो, त्यतै मुसा को अवस्था रहेको अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

संसद् कार्यालयका अधिकारीले पुराना फाइल खोज्ने क्रममा मुसाको आतंक पत्ता लगाएका हुन् । सन् २००८ को फाइल खोज्दा अधिकांश पेज मुसाले काटेको पाइएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

पाकिस्तानी राष्ट्रिय सभाका प्रवक्ता जफर सुल्तानले बीबीसीसँग भनेका छन्, ‘यो तलामा यति ठूला मुसा छन् कि बिरालो पनि तिनलाई देखेर डराउँछन् ।’ पाकिस्तानी सभाहलहरूलाई मुसामुक्तु बनाउन हरेक वर्ष १२ लाख पाकिस्तानी रुपैयाँ बजेट छुट्याइने गरेको छ । संसद् भवनको पहिलो तलामा धेरै मुसा भेटिएका छन् जहाँ संसद्को प्रतिपक्षी दलका नेताको कार्यालयसमेत छ ।

साथै अधिकांश राजनीतिक दल तथा स्ट्यान्डिङ कमिटीको बैठक पनि यही तलामा हुने गरेको बीबीसीले जानकारी दिएको छ । पहिलो पटक संसद् भवन पुग्नेहरूले मुसाका कारण डराउने गरेको समेत त्यहाँका कर्मचारीको बताएका छन । संसद्का एक कर्मचारी भन्छन्, ‘जब साँझ पर्छ, यहाँ कोही हुँदैन । त्यसपछि मुसा यस्तरी दौडिन्छन् कि म्याराथन दौड चलिरहेको छ ।

यहाँ काम गर्ने कर्मचारीलाई त बानी परिसक्यो तर कोही पहिलो पटक आएका छन् भने तिनीहरूचाहिँ पक्कै डराउँछन् ।’ मुसा नियन्त्रणका लागि सरकारले अखबारमा विज्ञापनसमेत छपाएको छ ।

अहिलेसम्म २ वटा कम्पनीले मुसा नियन्त्रणमा चासो देखाएको बीबीसीले जनाएको छ । न्युयोर्कमा मुसा नियन्त्रणका लागि कार्बन मोनोक्साइड पम्प गरी मुसालाई प्वालभित्रै समाप्त पार्ने विधि प्रभावकारी मानिएको छ ।

विष र पासोको प्रयोग गर्दा घरपालुवा जनावर र अन्य वन्यजन्तुका लागि असुरक्षित अवस्था सिर्जना हुने हुँदा यो विधि नै प्रभावकारी मानिएको छ ।

न्युयोर्कका यार्डहरू, पार्कहरू, प्वालहरू, रूखका खाडलहरूमा कार्बन मोनोक्साइड पम्प गरिएको थियो । मुसाहरू मर्नु अगाडि निद्रामा जाने भएकाले यो विधि बढी मानवीयसमेत रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us