काठमाण्डु, १४ साउन– प्रहरीले आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडालाई पक्राउ गरेको छ । मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एक अधिकृतले जानकारी दिएका छन ।
उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरुले जानकारी दिएका छन । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमाा यज्ञको आयोजना गरेका हुन् । उनी धार्मिक भेषमा हिँड्छन् ।