अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानेर हत्या

काठमाण्डु टुडे २०८१ साउन १४ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, १४ साउन– अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ । मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको त्यँहाका सञ्चारमाध्यमले जनाएका छन । वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्ने गरेका थिए ।

यस घटनाबारे छानबिन गरिरहेको प्रहरीले जनाएको छ । यो घटना सोमबार बिहान ५ः २० बजेतिरको भएको बताइएको छ । घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको छ ।

त्यतिबेला वली काउन्टरमा उभिरहेका थिए । उनी भाग्न खोजेपनि गोलीबाट भने बच्न नसकेको प्रहरीले बताएका छन् । वलीको परिवारलाई यो घटनाबारे जानकारी गराइएको प्रहरीले बताएका छन् । वलीकी एक श्रीमती र ५ वर्षकी छोरी रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us