पोखरा, १४ साउन– पोखरामा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ ।
पोखरा महानगरपालिका–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको बस सडकबाट भीरमा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसमा विद्यार्थी खचाखच थिए । घटनास्थलमा उद्धार भइरहेको छ भने विस्तृत विवरण आउन बाँकी छ ।