त्रिशूलीमा बस खोज्दा हराएको चुम्बक भेटियो

काठमाण्डु टुडे २०८१ साउन १४ गते ९:३५ मा प्रकाशित

काठमाण्डु, १४ साउन– त्रिशूलीमा हराएको बस खोज्ने क्रममा हराएको चुम्बक भेटिएको छ ।

भारतबाट ल्याइएको १९ किलोको चुम्बक सोमबार हराएको थियो । उक्त चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको छ ।

२८ असारमा पहिरोसँगै हराइरहेको दुई बस खोज्न भारतबाट दुईवटा चुम्बक मगाइएको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चुम्बकसँगै हराएको लाइफ ब्वाई ट्युब पनि फेला परेको बताए । ४ गोताखोरसहित १२ जनाको भारतीय टोली एक साताको प्रयासमा समेत बस फेला नपरेपछि आइतबार फर्किएको छ ।

केपी ओली प्रधानमन्त्री नियुक्त भएपछि उनले भारतसँग बसेसँगै हराएका यात्रुको खोजीका लागि सहयोग मागेपछि भारतले विशेष टोली पठाएको थियो ।

५ साउनदेखि भारतीय टोलीले सोनार क्यामेरा प्रयोग गरी सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा बसको खोजी गरेको थियो ।

दुईवटा बसमा गरी ६५ बढी यात्रु रहेको अनुमान प्रहरीको छ । जसमध्ये ५ भारतीयसहित १९ जनाको मात्र शव फेला परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us