काँग्रेस, एमाले र रास्वपाका ६० जना माओवादी प्रवेश

काठमाण्डु टुडे २०८१ साउन १३ गते १९:३६ मा प्रकाशित

काठमाण्डु, १४ साउन– विभिन्न पार्टी छाडेर ६० जना नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।

माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टीमा स्वागत गरे ।

कार्यक्रममा एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दल परित्याग गरी मकवानपुरका ६० भन्दा बढी नेताकार्यकर्ता पार्टी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us