चलचित्र विकास बोर्डबाट भुवन केसीको बिदाइ

काठमाण्डु टुडे २०८१ साउन १० गते १७:०३ मा प्रकाशित

काठमाण्डु, १० साउन– नेपाल चलचित्र विकास बोर्डबाट अभिनेता भुवन केसी बिदा भएका छन । अध्यक्षको रूपमा २ वर्षको कार्यकाल पुरा गर्दै उनी बोर्डबाट बिदा भएका हुन् ।

२०७९ साउन ९ गते बोर्ड अध्यक्षमा नियुक्त केसीको २ वर्षको कार्यकाल मंगलबार आफ्नो कार्यकाल पुरा गरी बिदा लिएका हुन । बिहीबार बोर्डको हलमा आयोजित समारोहमा मायाको चिनो प्रदान गर्दै उनको बिदाइ गरिएको हो।

सो अवसरमा २ वर्षे कार्यकालका मुख्य उपलब्धिहरू समेटिएको पुस्तक समेत विमोचन गरिएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us