
एजेन्सी– अमेरिकामा सबै राज्यका डेमोक्रेटिक पार्टी नेताले आगामी राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनको ठाउँमा कमला ह्यारिसलाई उम्मेदवार बनाउन सहमत भएका छन ।
देशका सबै राज्यका पार्टी अध्यक्ष, उपाध्यक्ष र कार्यकारी निर्देशकहरूले कमला ह्यारिसको पक्षमा ऐक्यबद्धता देखाएकोमा आफूलाई गर्व लागेको एसोसिएसन अफ स्टेट डेमोक्रेटिक कमिटिज (एएसडीसी)का अध्यक्ष केन मार्टिनले भनेका छन ।
सामाजिक सञ्जालमा बाइडेनको चुनावी अभियानको नाम कमलाको नाममा भनेर रिब्रान्ड गरिएको छ । आगामी निर्वाचनमा कमलाले जितिन् भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति हुने पक्का छ ।
उता, पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अब सबै कुरा दोहोर्याएर गर्नुपर्ने भयो भन्दै डेमोक्रेटिक पार्टीमाथि निशाना गरेका छन् । जो बाइडेनका कारण आफूहरूले फेरि पैसा र समय खर्चिन बाध्य भएको उनले बताएका छन । ‘राष्ट्रपतीय बहसमा खराब प्रदर्शन पछि जनमत सर्वेक्षणहरूमा बाइडेन खराब देखिएका थिए, त्यसैले उनी चुनावी दौडबाट भागे ।
अब हामीहरूले सबै कुरा सुरुबाट गर्नुपर्ने भयो’ हालैको एउटा पोस्टमा ट्रम्पले लेखेका छन् । ‘यो अझै सकिसकेको छैन । भोलि बिहान बाइडेन उठ्दा निर्वाचनको दौडबाट आफूले नाम फिर्ता लिएको कुरा बिर्सन पनि सक्छन् ।’ बाइडेनको उमेरप्रति लक्षित गर्दै ट्रम्पले लेखेका छन् ।