फ्रान्सेली प्रधानमन्त्रीले दिए राजीनामा

काठमाण्डु टुडे २०८१ असार २५ गते १५:२३ मा प्रकाशित

एजेन्सी– फ्रान्सका प्रधानमन्त्री ग्याब्रियल एटलले राजीनामा दिएका छन् । चुनावी परिणामपछि उत्पन्न गतिरोधबिच प्रधानमन्त्री एटलले राजीनामा दिएका हुन ।

राष्ट्रपति इमानुएल म्याक्रोँले भने एटलको राजीनामा अस्वीकार गरेका छन् । म्याक्रोँले उनलाई प्रधानमन्त्री रहिरहन आग्रह गरेका छन् ।

देशको स्थायित्वका लागि एटल प्रधानमन्त्री रहिरहन आवश्यक रहेको उनले बताएका छन । फ्रान्सको आम निर्वाचनमा म्याक्रोँको पार्टी दोस्रो स्थानमा आएपछि एटलले राजीनामा पेश गरेका थिए ।

आइतबार नतिजा आए लगत्तै उनले राजीनामा दिने कुरा गरेका थिए । फ्रान्समा भएको दोस्रो चरणको आम निर्वाचनमा वाम गठबन्धन–न्यु पपुलर फ्रन्टले सबैभन्दा बढी सिट ल्याएको छ भने पहिलो चरणमा नराम्रोसँग पछाडि परेको म्याक्रोँको पार्टी अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थानमा रह्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us