
एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको छ । रुसको दुई दिने भ्रमणका लागि सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही तस्बिरहरू पोस्ट गरेका छन् । यी तस्बिरहरूसँग मोदीले लेखेका छन्, ‘नोभो९ओगार्योभोमा राष्ट्रपति पुटिनको आतिथ्यताका लागि कृतज्ञ छु।
मंगलबार पनि हाम्रो वार्ताको प्रतीक्षा गर्दै, जुन भारत र रुसबिचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन निश्चित रूपमा उपयोगी साबित हुनेछ।’
रुसको सरकारी मिडिया स्पुतनिकले दुई नेताबिच भएको कुराकानीको भिडियो सार्वजनिक गरेको छ । भेटमा पुटिनले नरेन्द्र मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिँदै भनेका छन्, ‘मलाई लाग्छ यो संयोग होइन, सरकारको प्रमुखका रूपमा तपाईंको धेरै वर्षको कामको यो परिणाम हो ।’