दुबई जान लागेका राजेशपायल राई जहाजबाटै फर्काइए

काठमाण्डु टुडे २०८१ असार १४ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, १३ असार– बई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमै रोकिएका छन् । फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले जानकारी दिए ।

अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको प्रहरी स्रोतले जानकारी दिएको छ । विमानस्थल स्रोतले भन्यो, ‘अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो ।

उहाँ नर्मल अवस्थामा भएपछि दुबई जानुहुन्छ ।’ उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us