झापामा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

काठमाण्डु टुडे २०८१ असार ६ गते १५:३९ मा प्रकाशित

काठमाण्डु, ६ असार– प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशी रहेको प्रहरीले जनाएको छ ।

राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । राजवंशीले ती किशोरीलाई सोही नगरपालिका–९ मागुरमाडी सामुदायिक वनमा आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us