आगामी ७ चैत देखि एसईई परीक्षा हुने

काठमाण्डु टुडे २०८१ असार ६ गते १४:२९ मा प्रकाशित

काठमाण्डु, ६ असार– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको सार्वजनिक गरिएको कार्यतालिमा उल्लेख गरीएको छ । बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो ।

परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ । सार्वजनिक गरिएको वार्षिक कार्य योजना अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म सार्वजनिक कार्यतालिकामा उल्लेख गरीएको छ ।

त्यस्तै कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म हुने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us