बजेटमा प्रधानमन्त्री प्रचण्ड नै असन्तुष्ट: ‘मेरो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक लिनुभएन’

काठमाण्डु टुडे २०८१ असार ६ गते १४:२३ मा प्रकाशित

काठमाण्डु, ६ असार– सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेटमाथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै असन्तुष्ट जनाएका छन ।

आज (बिहीबार) बसेको प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले बजेटबारे असन्तुष्ट जनाएका हुन ।

साथै उनले आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको पनि सदनलाई जानकारी गराएका छनल। उनले भने, ‘बजेट तर्जुमा प्रणालीमा विद्यमान कमीकमजोरीमा निरन्तर सुधारका लागि पनि सरकार कटिबद्ध छ । चाहे जस्तो अझै हुन सकेन, यसका निम्ति हामी सबैले प्रयास गर्नुपर्ने हुन्छ ।

माननीय मन्त्रीजीहरूले पनि योजना कार्यान्वयन गर्दा, कार्यक्रम बनाउँदा सरकारले बनाएको, प्रधानमन्त्रीकै निर्देशनलाई पनि जति गम्भीरतापूर्वक लिनुपर्ने हो, तर भन्दा भन्दैपनि साना आयोजना राखिएको छ, भोली तपाईंहरुपनि मन्त्री, प्रधानमन्त्री हुनुहोला ।

त्यसकारण यो विषय परिमार्जन आवश्यक छ ।’ प्रधानमन्त्रीले बजेटमा जे भएको छ त्यो ठिक भएको छ भन्ने पक्षमा आफू नरहेको बताए ।

उनले ३ करोड भन्दा कम बजेट विनियोजन भएका योजनाहरू संघले कार्यान्वयन नगर्ने भन्दै प्रदेश र स्थानीय तहबाटै कार्यान्वयनमा लैजाने व्यवस्था गर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us