काठमाण्डु, ५ असार– प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले संघीय संसद् भवनको ल्होत्से हलमा असार ७ गते दिउँसो ३ बजे दलको बैठक बोलाएको कांग्रेसका एक नेताले जानकारी दिएका छन ।
त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने ती नेताले जानकारी दिएका छन । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा बजेट लगायतका विषयमा छलफल हुने जानकारी दिएका छन ।