बिहेको १२ दिनमा बेहुली पुरुष भएको खुलासा भएपछि…

काठमाण्डु टुडे २०८१ असार ४ गते १९:४५ मा प्रकाशित

एजेन्सी– इन्डोनेसियामा एक पुरुषका बेहुली महिला नभएर पुरुष रहेको बिहेको १२ दिनपछि थाहा भएको छ । यो घटना यही हप्ताको सुरु तिरको हो ।

जेके नाम गरेका ती २६ वर्षीय पुरुषले अनौठो घटनाको उजुरी दिन प्रहरीलाई फोन गरेका थिए । आफूले १२ दिन अघि बिहे गरेर भित्र्याएकी बेहुली युवतीको भेषमा पुरुष भएको उनले प्रहरीलाई जानकारी दिएका थिए । एकेले आफ्नो बेहुलीलाई इन्टरनेटमा फेला परेका थिए ।

दुबैलाई एक अर्का मन परेपछि उनीहरूले प्रत्यक्ष भेटघाट गर्ने निर्णय गरेका थिए । पहिलो पटक देख्दैमा युवक ती युवतीको प्रेममा परे । दुई चार पटक भेटेपछि बिहेका लागि प्रस्ताव नै उनीहरुले गरेका थिए । आफ्नो मंगेतरको केही बानी शङ्कास्पद भए पनि उनी महिलाको भेषमा पुरुष भएको कल्पनै गरेका थिएनन् ।

युवती बनेकाले आफ्नो नाम अदिन्दा कान्जा अजाहरा बताएका थिए। प्रेमिकाले आफ्नो मुहार सधैँ हिजाब वा बुर्काले ढाकिरहने भएकाले युवकले खासै चासो दिएका थिएन्न । अलि लजाउने बानी रहेछ भनेर खासै सोधखोज पनि गरेनन् । उनले बिहेको प्रस्ताव राखे । अदिन्दाले बिहे गर्न त मानेपनि आफ्नो आमाको मृत्यु भएको र पिता नभएको भन्दै बिहे दर्ता गर्न नमानेको समाचारमा उल्लेख गरीएको छ ।

धर्म गुरुको उपस्थितिमा दुईले वालगुजाया गाउँस्थित एकेको घरमा बिहे गरेका थिए । बिहेपछि पनि बेहुलीले आफ्नो अनुहार श्रीमानलाई नदेखाएको बताइएको छ । न त गाउँमा बेहुलाको घर परिवार र साथीभाईसँग घूलमिल भएको पाइयो । एकेले बेहुलीको चालचलनबारे गुनासो गर्न थालेपछि उनको परिवारले नयाँ दुलहीको चियो चर्चा शुरु गरे । यस क्रममा दुलही युवति नभएर युवक भएको खुलासा भयो ।

बेहुलीले आफ्नो पिता छैनन् भने पनि उनी गाउँमै भेटिए । उनैले अदिना महिला नभएर पुरुष भएको खुलासा गरेका थिए । एकेको परिवारले बेहुलीको वास्तविकता बताएपछि उनीहरूले प्रहरीलाई सूचित गरिदिए । बेहुलाको पैसा कुम्ल्याउन अदिना बनेर युवकले बिहे गरेको प्रहरीले बताएको छ ।

मेक अप लगाउँदा अदिना केटा हो कि केटी भनेर छुट्याउनै नसक्ने अनुहार भएकोले पनि एके सहजै झुक्किएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us