दार्जिलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा १५ जनाको मृत्यु, ६० जना घाइते

काठमाण्डु टुडे २०८१ असार ३ गते १४:४१ मा प्रकाशित

एजेन्सी– भारतको दार्जिलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटना हुदाँ मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । सो घटनामा १५ जनाको मृत्यु भइसकेको प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) ले जानकारी दिएको छ ।

सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले जानकारी दिएको छ । पीटीआईको यो आँकडा आधिकारीहरूले उपलब्ध गराएको भन्दा बढी हो ।

सिलदह जाँदै गरेको कञ्चनजंगा एक्सप्रेसको सो रेल सोमबार रोकिरहेको अवस्थामा माल बाहक रेलले ठक्कर दिएको थियो ।

घटनापछि उद्धार कार्य तीव्र गतिमा अगाडि बढिरहेको रेलमन्त्री अश्वनी वैष्णव र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले जानकारी दिएका छन । v

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us