पाल्पामा जीप दुर्घटना, ९ घाइते

काठमाण्डु टुडे २०८१ असार ३ गते १५:५६ मा प्रकाशित

काठमाण्डु, २ असार– पाल्पा जिल्लाको निस्दी गाउँपालिका भएको जीप दुर्घटनामा ९ जना घाइते भएका छन । शनिबार निस्दी गाउँपालिका स्थित झ्याल्टुङ कच्ची सडक खण्डमा भएको दुर्घटनामा घाइते ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैँ अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ ।

घाइते हुने सबै पाल्पाको रामपुर नगरपालिकाका बासिन्दा हुन् । घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन ।

रामपुर अस्पतालले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us