
एजेन्सी– छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा लोक सभाका ५४३ सिटमध्ये मंगलबार दिउँसो पौने ३ बजेसम्मको परिणामअनुसार ३ क्षेत्रको मात्र नतिजा आएको छ ।
जसमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले २ सिट जितेको छ भने कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १ सिट जितेको छ।