
एजेन्सी– छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा ओडिशामा सत्तारूढ भारतीय जनता दल (बिजेडी)लाई पछि पार्दै भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ ।
दिउँसोसम्म ओडिशा विधानसभाका १४७ सिटमध्ये ७६ सिटमा भाजपाले अग्रता लिएको भारतीय समाचार संस्था द हिन्दुस्तान टाइम्सले जानकारी दिएको छ । नवीन पटनायक नेतृत्वको बिजेडी ५३ सिटमा अगाडि छ ।
१२ सिटमा कंग्रेस अगाडि रहेको छ । अघिल्लो निर्वाचनमा बिजेडीले ११२ विधानसभाका ११२ सिट जितेको थियो । त्यतिबेला भाजपाले २३ सिट र कंग्रेसले ९ सिट जितेको थियो।