
काठमाण्डु, २२ जेठ– छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा लोक सभाका ५४३ सिटमध्ये अहिलेसम्मको परिणामअनुसार एक क्षेत्र बिजेपी नेतृत्वको एनडिएले विजयी हासिल गरेको छ ।
५४३ मध्य २८६ सिटमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको छ। कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २३४ सिटमा अग्रता कायम गरेको छ ।
२४ सिटमा अन्य साना दलहरुले अग्रता कायम गरेका छन । यसपालि भारतीय जनता पार्टी एक्लैको बहुमत नपुग्ने देखिएको भारतीय समाचार संस्था एनडिटिभीले जानकारी दिएको छ ।
बिजेपी २४० सिटमा अग्रता लिएको छ । सन् २०१९ को निर्वाचनमा बिजेपी एक्लैले ३०३ क्षेत्र जितेको थियो। यसपालि ६३ सिट गुमाउने आकलन सुरु भएको छ ।
यहाँ सरकारको नेतृत्व गर्न बहुमतका लागि २७२ सिट आवाश्य पर्दछ । यस्तै यस पटकको निर्वाचनमा कंग्रेसले अघिल्लो चुनावभन्दा झण्डै दोब्बर सिटले अघि छ । कंग्रेसले सन् २०१९ को चुनावमा एक्लै ५२ सिट जितेकोमा यसपालि ९४ सिटमा अग्रता लिएको छ ।