कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ

काठमाण्डु टुडे २०८१ जेठ ११ गते १८:२१ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– प्रमुख प्रतिपक्ष दल कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति समेत रहेका रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीको जवाफ मागेको छ ।

आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्ष र कांग्रेसको शीर्ष नेताहरुबीचको छलफलमा दुवै बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन ।

उनले भने, ‘आजको बैठकमा प्रधानमन्त्रीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले पक्राउ गरियो त्यो विषयमा गम्भीर छौं भनेर कुरा उठाएका छौं ।

उपप्रधान तथा गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उृभिएर जुन कुरा गर्नुभएको छ । कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको बिषयमा ध्यानाकर्षण गराएका छौं।

यसको जवाफ पनि चाहन्छौं भनेर ध्यानाकर्षण गराएका छौं। दुवै बिषयमा प्रधानमन्त्रीले जवाफ दिनुहोला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us