डिल्लीरामलाई ५ हजार धरौटीमा छाड्न आदेश

काठमाण्डु टुडे २०८१ जेठ २ गते १६:४२ मा प्रकाशित

काठमाण्डु, २ जेठ– काठमाण्डु जिल्ला आदालतले सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु जीवी राईको ‘हत्या’ भएको दाबी गर्ने डिल्लीराम खनाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाण्डु जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टले उनलाई ५ हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाण्डुले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

खनालले जीवी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए । विद्युतीय अपराध अन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा बुधवार थुनछेक पुरा भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us