सुहाङले लिए सपथ

काठमाण्डु टुडे २०८१ वैशाख २६ गते १३:१७ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– उपनिर्वाचनमार्फत इलाम–२ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

सभामुख देवराज घिमिरेले बानेश्वरस्थित संसद भवनमा नेम्वाङलाई बुधबार शपथ गराएका हुन् ।

गत १५ वैशाखमा भएको उपनिर्वाचनमा नेम्वाङ निर्वाचित भएका थिए । संविधानसभा सदस्य सुवास नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा उपनिर्वाचन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us