गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १८:४३ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ ।

क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ ।

जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ । आफुलाई जिवनको आधार स्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन ।

गीतमा प्रेमील जोडि विचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ । गीतमा छायाँकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us