इलामले काँध फेर्न खोजेको छ: महामन्त्री शर्मा

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १७:५६ मा प्रकाशित

 

काठमाण्डु, ७ वैशाख– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत भएको बताएका छन । आज शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन ।

उनले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर काँग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताएका छन । उनले इलामले अब परिवर्तन खोजेको पनि दाबी गरेका छन ।

उनले भने, ‘इलामले अब परिवर्तन खोजेको छ । विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ । अब सुवास नेम्वाङज्यूको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएको उम्मेदवार अब दुई हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने सङ्कल्प गर्नुहुनेछ ।

हामी राम्रोसँग चुनाव लडौँ । एउटाले अर्कोलाई गाली नगरी चुनाव लडौँ । स्वस्थ ढङ्गले आलोचना मात्रै गरिराखेर लडौँ । नेपाली काँग्रेस पार्टी एक्लै चुनावमा रुख चिन्ह लिएर खडा छ ।

यो एक्लै खडा भएको बेलामा त्यो दिन बिर्सिन मिल्दैन । हाम्रो अनुभवले के भन्यो भन्दा चुनावअघिको गठबन्धन गलत हुँदो रहेछ ।’ उनले इलाम– २ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका डम्बर खड्काले पहिचानको मुद्दामा नेपाली काँग्रेसले पूर्ण रूपमा सहयोग प्रतिबद्धता व्यक्त गरे ।

उनले नाम तोकिसकिएको कोशी प्रदेशलाई एक नम्बर प्रदेशको रूपमा अभिव्यक्त गर्दै आफूले पहिचानवादीको मुद्दा बोकेकाहरूको माग सम्बोधन गर्न भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाइसकेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us