अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन: वामपन्थी एकताका नाममा ध्रुवीकरण उचित हुँदैन

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १६:५३ मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता वा अन्य कुनै पनि नाममा राजनीतिक शक्तिहरुबीच ध्रुवीकरण उचित नहुने बताएका छन ।

आज (शनिबारबाट) ललितपुरको गोदावरीमा सुरु भएको एमालेको प्रतिनिधि परिषदको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले कुनै पनि विचार या शक्तिलाई निषेध गर्ने गरी वामपन्थी एकता या समाजवादी ध्रुव निर्माण गर्नु व्यवहारिक नहुने बताएका छन । ओलीले प्रतिवेदनमा भनेका छन्, ‘मुख्य प्रश्नहरुमा न्यूनतम समझदारीको खाँचो छ, अनि विचार मिल्नेहरु माझ सहकार्य आवश्यक छ ।

त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन ।’

अहिलेको सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरु क्रमशः एक ठाउँमा हुन सक्ने भन्दै उनले भनेका छन्, ‘तर आजका दिनमा भने सबै सकारात्मक शक्तिहरुलाई साथ लिएर अगाडि बढ्नु बढी महत्वपूर्ण छ ।’

ओलीले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी सम्मिलित नयाँ सत्ता सहकार्य सुरु भएपछि मुलुकको राजनीति एक हदसम्म अनुकुल बनेको बताएका छन ।

उनले यसले राष्ट्रिय राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका फेरि स्थापित भएको भन्दै उनले नयाँ सरकार बनेपछि केही सकारात्मक थालनी भएको पनि बताएका छन् ।

उनले विगतमा घटनाका कारण अहिले पनि सत्ता सहकार्यप्रति आशंका रहेको भन्दै ओलीले तयसको खण्डन व्यवहारबाटै गर्नुपर्ने बताएका छन ।

‘विगतका कतिपय घटना, सन्दर्भ र अनुभवका आधारमा जनताको मनमा यस सहकार्यको दिगोपनमाथि आशंका छन् । यसको खण्डन कुनै औपचारिक मन्तव्य वा वक्तव्यबाट होइन, व्यवहारबाटै गरिनेछ’, ओलीले प्रतिवेदनमा भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us