सुदूरमा ‘काउन्टर’ गठबन्धन बन्ने भएपछि प्रचण्ड–ओली छलफलमा

काठमाण्डु टुडे २०८१ वैशाख २ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, २ वैशाख– सत्ता गठबन्धनबिच सुदूरपश्चिम प्रदेशमा नाउपा र जसपा आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिप्रति कांग्रेससँग मिलेर काउन्टर गठबन्धन निर्माण प्रयास गरेको छ ।

त्यसका लागि नाउपाको रेशम पक्ष, कांग्रेस, एकीकृत समाजवादी, राप्रपाका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेश गरीसकेका छन ।

केन्द्रको निर्देशन विपरीत सुदूरपश्चिममा अर्कै गठबन्धन बन्न लागेपछि केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरू आकस्मिक छलफलमा रहेका छन ।

त्यसका लागि एमाले को सचिवालय बैठक नै प्रभावित बनेको छ । अध्यक्ष केपी शर्मा ओली लगायतका नेता अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफलमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us