एमाले पर्वत अध्यक्षमा अधिकारी र गिरी निकट पहाडी विजयी

काठमाण्डु टुडे २०८१ वैशाख १ गते १३:११ मा प्रकाशित

काठमाण्डु, १ वैशाख– एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न दसौं अधिवेशनबाट २ सय २८ मतसहित पहाडी अध्यक्षमा निर्वाचित भए ।

उनका प्रत्यासी पदमपाणि शर्माले १ सय २७ मत ल्याए । पहाडी गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी र कानूनमन्त्री पदम गिरी निकट हुन् ।

शर्मा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ निकट हुन् । उपाध्यक्षमा विमल लामिछाने २ सय १७ मतसहित विजयी भए ।

उनका प्रतिद्वन्द्वी मिनप्रसाद श्रेष्ठले १ सय ४८ मत पाए । सचिवमा १ सय ८८ मतसहित सुवासचन्द्र पौडेल विजयी हुँदा शिवप्रसाद पौडेलले १ सय ७२ मत प्राप्त गरे ।

उपसचिवमा खुल्लातर्फ चण्डीप्रसाद भुर्तेल र महिलातर्फ विन्दु अधिकारी विजयी भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us