उपनिर्वाचन: इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाण्डु टुडे २०८० चैत १५ गते १८:०२ मा प्रकाशित

काठमाण्डु, १५ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीले रास्वपाले आगामी १५ वैशाखमा इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ ।

बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये भर्खरै नेकपा माओवादी केन्द्र छाडेका लिम्बूलाई रास्वपाले उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन । उनी आदिवासी जनजाति पत्रकार संघका महासचिवसमेत हुन्।

रास्वपाले बुधबार प्राइमरी इलेक्सनका लागि सार्वजनिक गरेको सूचीमा मिलन पाँचौं नम्बरमा रहेका थिए । उक्त इलेक्सनबाट छानिनेमध्ये एकजनालाई रास्वपाले इलाम २ को टिकट दिने जनाएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us