बागमती सरकारमा हाम्रो नेपाली पार्टीका बज्राचार्य संस्कृति मन्त्री बन्दै !

काठमाण्डु टुडे २०८० चैत १५ गते १७:०६ मा प्रकाशित

काठमाण्डु, १५ चैत– बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बन्दै छन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । ‘उहाँ आजै मन्त्री बन्ने कुरा हो, उहाँ संस्कृति मन्त्री बन्ने हो’, मुख्यमन्त्री जम्कट्टेलले भने ।

बज्राचार्य हाम्रो नेपाली पार्टीको संसदीय दलका नेता हुन । यो पार्टीले ९ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर अहिले बज्राचार्यलाई मुख्यमन्त्री जम्कट्टेलले मन्त्री नियुक्त गर्न लागेका हुन् ।

बज्राचार्यले साँझ साढे ६ बजे शपथ लिने कार्यक्रम तय भएको उनले जानकारी दिएका छन । २ सिट भए पनि बागमती प्रदेशसभामा यो पार्टीको भूमिका निर्णायक छ । हानेपा सरकारमा सहभागी हुँदा अहिलेको सत्ता गठबन्धनसँग बहुमत हुनेछ ।

यता बागमती प्रदेशमा सत्ता गठबन्धनलाई बहुमतका लागि एक सांसदको समर्थन नपुगेकै समयमा आफ्नो सांसद अपहरण गरिएको आशङ्का सो पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले गरेको छ ।

घिमिरेले बिहीबार बागमती प्रदेशको राजनीतिक अवस्था र पार्टीको भूमिकालाई लिएर आफ्नो पार्टीका सांसदसँग छलफल गर्ने कार्यक्रम रहेको तर छलफलअघि नै पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य सम्पर्कविहीन भएको जानकारी दिएकान छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us