प्रदेश सिट बाँडफाँट निष्कर्षमा पुगेको छैन: उपमहासचिव ज्ञवाली

काठमाण्डु टुडे २०८० चैत १५ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, १५ चैत– एमाले उपमहासचिव प्रदिप ज्ञवालीले वर्तमान सत्ता गठबन्धनले २२ चैतभित्र प्रदेशको सिट बाँडफाँट टुङ्गो लगाउने बताएका छन ।

उनले सिट बाँडफाँटमा गठबन्धनका शीर्ष नेताहरूबिच छलफल भइरहेको भएपनि निष्कर्षमा नपुगेको जानकारी दिएका छन । उनले भने, ‘फाइनल भइसेको छैन ।

नेताहरूले छलफल गरिरहनुभएको छ । २२ २३ गतेसम्म प्रायः सबै ठाउँमा मुख्यमन्त्रीले विश्वासको मत लिने समय छ । त्योभन्दा अगाडि नै हामीले टुंग्याउँछौँ । सबै टुंगिएको छैन ।

छिट्टै टुंग्याउँछौँ । सबै प्याकेजमै टुंग्याउँछौँ ।’ यस्तै ज्ञवालीले कोशीमा संविधानको धारा १६८ (५) बमोजिम सरकार गठन भएपनि संवैधानिक सङ्कट नआउने दाबी गरेका छन ।

संवैधानिक सङ्कटबारे मुख्यमन्त्री केदार कार्कीले गलत व्याख्या गरेको उनको तर्क छ । उनले विकल्प रहेसम्म सरकार गठन हुन सक्ने सम्बन्धमा सर्वोच्च अदालतले नै व्याख्या गरेको उनले बताए । यस्तै आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा इलाम र बझाङ दुवै निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवारी कायमै राख्ने बताए ।

आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गर्ने नभए स्वस्थ प्रतिस्पर्धा गर्ने उनकोले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us