राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाण्डु टुडे २०८० चैत १५ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, १५ चैत– राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएको स्रोतले जानकारी दिएको छ ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् ।

यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने सहमति भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us