राप्रपाले इलाम– २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाण्डु टुडे २०८० चैत १५ गते १४:३१ मा प्रकाशित

काठमाण्डु, १५ चैत– आगामी १५ वैशाखमा इलामा–२ मा प्रतिनिधि सभाको उपनिर्वाचनको लागी राष्ट्रिय प्रजातन्त्र पार्टीले गुरुङलाई उम्मेदवार चयन गरेको छ ।

आज (बिहीबार) बसेको पार्टीको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार चयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।

यस क्षेत्रबाट निर्वाचित एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि १५ वैशाखमा त्यहाँ उपनिर्वाचन गर्न लागिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us