दिल्लीमा आरजुले गराइन् शल्यक्रिया

काठमाण्डु टुडे २०८० चैत १५ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, १५ चैत– कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाको हाइपर प्याराताइरोइडइजमको शल्यक्रिया गरेकी छन । आरजु विगत दुई वर्षदेखि सो रोगको उपचार गर्दै आएकी थिइन् ।

उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उनको सचिवालयले जानकारी दिएको छ । शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सको सल्लाह दिएको नेतृ देउवाका स्वकीय सचिव कमल रावलले दिएका छन ।

चिकित्सकको परामर्शअनुसार उनी अझै केही समय अस्पतालमै रहेर उपचार गर्नुपर्ने रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us