काठमाण्डु उपत्यकामा आज पनि वर्षा

काठमाण्डु टुडे २०८० चैत १५ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, १५ चैत– पछिल्लो केही दिन काठमाण्डु उपत्यका लगायतका देशमा विभिन्न स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण काठमाण्डु उपत्यका लगायका देशमा विभिन्न स्थानमा बर्षा भईरहेका मौसम विज्ञान पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाण्डु उपत्यकामा मध्यरातिदेखि नै वर्षा भइरहेको छ ।‘लगातार होइन, रोकिने, फेरि पानी पर्ने क्रम जारी छ ।

ठूलो वर्षा होइन, हल्का वर्षा भई नै रहेको छ।’ आज पनि दिनभर नै उपत्यकाको मौसम खुल्ने सम्भावना देखिएको उनले जानकारी दिएका छन ।

उनले भने, ‘बिच बिचमा बादल फाट्न खोजे पनि फेरि आइहाल्छ । दिनभरजसो नै पानी पर्ने रोकिने र फेरि पर्ने क्रम जारी रहने सम्भावना देखिन्छ।’ तीन–चार दिनयता देशभरजसो नै मौसम बदली र वर्षा हुने क्रम जारी छ। योसँगै काठमाण्डु उपत्यकाको मौसम पनि खुल्न सकेको छैन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us