एसईई शान्त वातावरणमा सञ्चालनमा: परीक्षा नियन्त्रक

काठमाण्डु टुडे २०८० चैत १५ गते ११:५७ मा प्रकाशित

काठमाण्डु, १५ चैत– आज बिहिबार देखी सुरु भएको यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) शान्त वातावरणमा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालयका कक्षा १० परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षा शान्तिपूर्ण वातावरणमा भइरहेको जानकारी दिएका छन । अहिलेसम्म देशभर नै निकै सहज, शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा भइरहेको उनले जानकारी दिका छन । कति विद्यार्थी एसईईमा सहभागी भए भन्ने तथ्याङ्क तत्कालै नआउने उनले बताएका छन ।

उनले भने, ‘कति विद्यार्थीले परीक्षा दिइरहेका छन् भन्ने ठ्याक्कै अहिले नै भन्न सकिने अवस्था छैन । ७७ वटै जिल्लाबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । केही समय लाग्छ होला ।’

यो वर्षको एसईईका लागि पाँच लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका थिए । अहिलेसम्म कुनै पनि ठाउँबाट अमर्यादित घटनाबारे जानकारी नआएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us