पूर्वसचिव मिश्रको निधन

काठमाण्डु टुडे २०८० चैत १४ गते १८:०९ मा प्रकाशित

काठमाण्डु, १४ चैत– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव डा. प्रवीण मिश्रको निधन भएको छ । लामो समय देखी कलेजो उपचार गराईरहेका सचिव मिश्रको आज निधन भएको पारीवारीक स्रोतले जानकारी दिएको छ ।

कार्डियोभास्कुलर डिजिज (मुटु अथवा रक्त नली सम्बन्धी रोग) का कारण उनको मंगलबार मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दिएका छन ।

२०६६ देखि २०७१ सम्म स्वास्थ्य सचिवको जिम्मेवारीमा रहेका मिश्रले लामो समय स्वास्थ्य सेवामा योगदान पुर्‍याएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us