सरकारी कागजात चोरी आरोपमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८० चैत १४ गते १७:४३ मा प्रकाशित

काठमाण्डु, १४ चैत– प्रहरीले सरकारी कागजात चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–९ का २८ वर्षीय सुबिर थापा मगर र सोही ठाउँका २९ वर्षीय सरोज थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

गत सोमबार दिउँसो साढे ३ बजेतिर पोखरा महानगरपालिका–८ नयाँबजारस्थित पाखेरा महानगरको स्टोरको रुपमा रहेका भवनको ताल्चा फोडेर महमानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको आरोप उनीहरुमाथि रहेको प्रहरीले जानकारी दिएको छ ।

चोरी भएका नक्साका २९ वटा फाइलसहित उनीहरुलाई पक्राउ गरी चोरी सम्बन्धीको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता सूर्यबहादुर रानाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us