काठमाण्डु र भक्तपुरमा दुई युवाको शव फेला

काठमाण्डु टुडे २०८० चैत १४ गते १७:३९ मा प्रकाशित

काठमाण्डु, १४ चैत– काठमाण्डु र भक्तपुरमा दुई युवाको शव फेला परेको छ । बुढानीलकण्ठ नगरपालिका–१३ मा एक पुरुष मृत अवस्थामा भेटिएको छ ।

बुढानीलकण्ठको चुनिखेल पोखरी बस्ने ४६ वर्षीय विजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–९ इटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा पनि एक पुरुषको शव फेला परेको ।

सोही इटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको मृत्यु स्वभाविक हो कि हत्या हो भन्नेबारे प्रहरीले अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us