महामन्त्री थापाको रोकिएको ‘संवाद यात्रा’ भोलिबाट पुनः सुरु हुने

काठमाण्डु टुडे २०८० चैत १४ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, १४ चैत– कांग्रेसका महामन्त्री गगन थापाले भोलिबाट पुनः ‘संवाद यात्रा’ सुरु गर्ने भएका छन । महामन्त्री थापाले भोलि बिहान ९ बजेबाट तीन दिने संवाद यात्रा पुनः सुरु हुने जानकारी दिएका छन ।

महामन्त्री थापाले माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमा पुगेर स्थगित भएको थियो । महामन्त्री थापाले आफ्नो संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट पुनः सुरु हुने जानकारी दिएका छन ।

दोस्रो चरणको यात्रा १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने उनले जानकारी दिएका छन । सुदूरपश्चिम प्रदेशमा वैशाख १५ मा हुने उपनिर्वाचनको छेको पारेर संवाद यात्रा गर्ने महामन्त्री थापाको तयारी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us