खराब मौसमका कारण गुल्मीमै रोकियो नेपाल एयरलाइन्सको ट्विनअटर जहाज

काठमाण्डु टुडे २०८० चैत ८ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, ८ चैत– खराब मैसमको कारण नेपाल एयरलाइन्सको ट्विनअटर जहाज गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकिएको छ । आज बिहिबार रेसुङ्‍गाबाट काठमाण्डुका लागि उडेको जहाज प्रतिकूल मौसमका कारण रेसुङ्‍गामै फर्काएर अवतरण गरेको स्रोतले जानकारी दिएको छ ।

बुधबार बिहान काठमाण्डु–रेसुङ्‍गा सफल उडान भरेको उक्त जहाज रेसुङ्‍गा–काठमाण्डु उडानको क्रममा मौसम खराबीले बीचबाटै फर्किएर रेसुङ्‍गामै रोकिएको नेपाल एयरलाइन्स रेसुङ्‍गाका सम्पर्क अधिकृत सुमनजंग थापाले जानकारी दिएका छन ।

बुधबार मौसम खराबीले रोकिएको उक्त जहाज पुनः रेसुङ्‍गाबाट उडान भर्नुपूर्व जहाजको चेकजाँच गर्नु पर्ने हुन्छ । तर, गुल्मीमा जहाज चेकजाँच गर्ने इन्जिनियर नहुँदा काठमाडौंबाट बोलाइएको उनले बताए । इन्जिनियरले अनुमति दिएपछि जहाज उड्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us